२३ बैशाख २०८१, आईतवार
Follow Us

थप ८८ जनामा कोरोना पुष्टि

नेपालब्रिटेन संवाददाता
८ फाल्गुन २०७७, शनिबार १२:४९

काठमाडौँ । पछिल्लो २४ घण्टामा ८८ जनामा कोरोना भाइरसका संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ७३ हजार ३५१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १३६ जना कोरोना भाइरस संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई लाख ६९ हजार ७५५ पुगेको छ ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म देशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ६१ पुगेको छ । हाल देशभर एक हजार ५३५ जना आइसोलेसनमा र ७१ जना क्वारेन्टिनमा रहेको शनिबार जानकारी दिएको छ ।