२२ बैशाख २०८१, शनिबार
Follow Us

पशुपतिनाथ मन्दिरमा जलहरी स्थापित

नेपालब्रिटेन संवाददाता
१२ फाल्गुन २०७७, बुधबार १०:०२

काठमाडौँ । पशपतिनाथ मन्दिरमा बुधबार सुनको जलहरी लगाउने काम सम्पन्न भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथमा सुनको जलहरी अनावरणको पूजा गर्ने कार्यसँगै जलहरी स्थापित गर्ने कार्य सम्पन्न भएको पशुपति विकास कोषले जनाएको छ।

कोषका सदस्यसचिव डा। प्रदीप ढकालका अनुसार पाँच दिनयता नेपाल र भारतका १२१ जना ब्राह्मणले पशुपतिनाथ मन्दिरमा वैदिक र शास्त्रीय विधिपूर्वक भएको क्षमापूजा तथा विभिन्न मुहूर्तमा भएका सङ्कल्प पूजाहरू पनि राष्ट्रपतिले विसर्जन गरेकी छिन्। गत महिना पशुपतिनाथमा पूजा गर्न जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्ने घोषणा गरेका थिए । सोही अनुसार बुधबार सुनको जलहरी राखिएको हो ।