३० असार २०८२, सोमबार
Follow Us

जर्मनीको स्थानीय निर्वाचनमा सन्तोष बने उम्मेदवार

नेपालब्रिटेन डट कम्
१२ फाल्गुन २०७७, बुधबार २१:२२

लण्डन । जर्मनीको स्थानीय निर्वाचनमा एक जना गैरआवासी नेपाली उम्मेदवार भएका छन् ।

आगामी मार्च १४ तारिखमा हेसनको फ्रान्कफर्डको हुने स्थानीय निर्वाचनमा काउन्सिलर (विदेश सल्लाहकार) पदको लागि सन्तोष भट्ट उम्मेदवार बन्न लागेका हुन् ।

रियिलटिम इन्डिया एण्ड फ्रेन्स्को तर्फबाट उम्मेदवार बनेका भट्ट जर्मनीको स्थानीय निर्वाचनमा उम्मेदवार बन्ने पहिलो नेपाली हुन् ।

काठमाण्डौं कुलेश्वर घर भएका भट्ट विगत ५ वर्ष देखी जर्मनीमा बस्दै आएका हुन् ।

फ्रयांकफर्डमा अन्तर्राष्ट्रिय बसोबासका लागि बिभिन्न समुदायहरूको सेवाको लागि प्रतिबद्ध भट्टले आप्रवासीहरुको प्रतिनिधत्व गर्दै आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।

हरेक ५ वर्षमा हुने निर्वाचन सो निर्वाचनमा जर्मनी राहादानी नभएका हुनेले समेत मदतान गर्न पाउने छन् ।

भट्टले आफु पहिलो पटक नेपाली समुदायको प्रतिनिधित्व गर्दै उम्मेदवार बन्न पाएकोमा प्रसन्नता प्रकट गर्दै नेपाली समुदायलाई सहयोगको लागि अपील गरेका छन् ।

यस्तै गैरआवासीय नेपाली संघ जर्मनीका महासचिव लोकमणी ढकालले भट्टलाई जिताउन सकृय हुन आव्हान गरेका छन् ।

धेरै पढिएको