२४ बैशाख २०८१, सोमबार
Follow Us

प्रतिनिधिसभाका सांसदहरुलाई तीन महिनाको एकमुष्ट तलब

नेपालब्रिटेन संवाददाता
१३ फाल्गुन २०७७, बिहीबार ११:०३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि रोकिएको संसदहरुको तलब सुचारु हुने भएको छ । विघटन र पुनः स्थापनकाबीचको ‘शून्य समय’ को तलब पनि उनीहरुले पाउने भएका छन् ।

पुस ५ गते प्रतिनिधिसभा भंग भएसँगै २७४ जना माननीयहरुको तलब सुबिधा रोकिएको थियो । फागुन ११ मा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापन गरिदिएको छ । अब सांसदहरुले प्रतिनिधिसभा विघटन भएको समय पुस ५ पछि, माघ र फागुनको तलब एकमुष्ट प्राप्त गर्ने भएका छन् ।

पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि सांसदहरुले पुसको ५ दिनको मात्र तलब पाएका थिए । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले पुसको बाँकी अवधिको र माघ तथा फागुनको तलब सांसदहरुको खातामा खप्टिएर जम्मा हुने बताए ।