४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

बेलायतमा कोरोना संक्रमित अस्पताल भर्ना हुने क्रम ८० प्रतिशतले घट्यो

नेपालब्रिटेन संवाददाता
१८ फाल्गुन २०७७, मंगलवार ०४:१९

लन्डन । कोरोना भाइरसविरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेका वा फाइजर–बायोएनटेकको खोप प्रभावकारी देखिएको छ । खोपको पहिलो मात्राले अस्पताल भर्ना गरेर उपचार गर्नु पर्ने अवस्था असी प्रतिशतले घटाएको हो । इंग्ल्याण्डमा गरिएको अध्ययनमा खोपको पहिलो मात्राका कारण अस्पताल भर्ना हुने दरमा ८० प्रतिशत भन्दा बढिले कमी आएको देखिएको हो ।

बेलायतका स्वास्थ्य मन्त्री म्याट हानककले खोपको प्रभावकारिता सम्बन्धी पछिल्लो तथ्यांक निकै बलियो रहेको बताएका छन् । खोप लगाएको तीनदेखि चार हप्तामा त्यसको प्रभाव देखिएन थालेको पब्लिक हेल्थ इंग्ल्याण्डको तथ्यांकमा देखिएको छ । खोपको पहिलो मात्रा सबैभन्दा पहिले पाएका ८० वर्ष भन्दा माथिका व्यक्तिमा यस्तो देखिएको हो ।

सरकारी वैज्ञानिकहरुले प्रतिवेदनको स्वागत गर्दै पूर्ण प्रभावकारिताका लागि दुवै डोज लगाउनु पर्नेमा जोड दिएका छन् । खोपको प्रभावकारिताले उत्साहित बनाएको बेलायतका स्वास्थ्य अधिकारीले बताएका छन ।