८ जेष्ठ २०८१, मंगलवार
Follow Us

डा. भट्टराई दिल्लीबाट आज स्वदेश फर्कंदै

नेपालब्रिटेन संवाददाता
१८ फाल्गुन २०७७, मंगलवार ०४:३४

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई स्वास्थ्य परीक्षण पूरा गरी आज स्वदेश फर्कंदै हुनुहुन्छ ।

लामो समयदेखि नेपालमै उपचार गराइरहेका उहाँलाई चिकित्सकहरुले न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर भएको आशंकामा दिल्ली जान सल्लाह दिएपछि फागुन ९ गते दिल्ली जानुभएको थियो ।

बायप्सी परीक्षणपछि चिकित्सकहरुले क्यान्सर नभएको निष्कर्ष निकाले पनि दुई–तीन महिनामै ट्युमरलाई शल्यक्रिया गरी फाल्न सुझाव दिएका छन् । तत्कालै शल्यक्रिया नभए क्यान्सरको खतरा हुने चिकित्सकले बताएका छन् ।