८ जेष्ठ २०८१, मंगलवार
Follow Us

कांग्रेस पदाधिकारी बैठक दिउँसो बस्ने

नेपालब्रिटेन संवाददाता
२० फाल्गुन २०७७, बिहीबार ०४:११

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारीहरुको बैठक आज बस्दैछ । पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

सभापति शेरबहादुर देउवाले दिउँसो ३ बजे बूढानीलकण्ठस्थित निवासमा पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी तथा प्रभावशाली नेताहरुलाई छलफलका लागि बोलाउनु भएको छ । हिजो चितवन पुगेर सभापति देउवाले प्रधानमन्त्रीको प्रस्ताव आए जिम्मेवारीबाट पछि नहट्ने अभिव्यक्ति दिनुभएको थियो ।