१८ बैशाख २०८१, मंगलवार
Follow Us

कोरोनाविरुद्धको खोप प्रदान गर्ने प्रक्रिया रोकिँदैन : अर्थमन्त्री पौडेल

नेपालब्रिटेन संवाददाता
२२ फाल्गुन २०७७, शनिबार ०९:५८

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कोरोनाविरुद्धको खोप प्रदान गर्ने प्रक्रियालाई नरोक्ने बताएका छन् । शनिबार बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालको प्रथम बार्षिक साधारण सभामा अर्थमन्त्री पौडेलले कोरोना विरुद्धको खोप प्रदान गर्ने प्रक्रियालाई नरोकी अगाडि बढाउने बताएका हुन् ।

अर्थमन्त्री पौडेलले सरकारले समृद्धिको अभियानका लागि बैंक तथा वित्तीय सस्थाहरु, उद्योगहरुको मनोबललाई उठाएर अगाडी बढाउन महत्वपूर्व काम गरेको जिकिर पनि गरे । अर्थमन्त्री पौडेलले सरकारले उत्पादनमुलक उद्योग र होटल पर्यटन क्षेत्रको लागि पनि विद्युतको डिमान्ड शुल्क छुट दिने निर्णय गरेको पनि जानकारी दिए ।

अर्थमन्त्री पौडेलले बैंक तथा वित्तीय संस्थाहरुको समस्या समाधानको निम्ति छलफल गर्न मन्त्रालय तयार रहेको बताए । समस्या समाधानको लागि छलफलको प्रबन्ध मिलाउने पनि उनको भनाइ छ ।