१० भाद्र २०८२, मंगलवार
Follow Us

नेकपाबारे सर्वोच्चको फैसलाको बेलायतबाट स्वागत

नेपालब्रिटेन डट कम्
२३ फाल्गुन २०७७, आईतवार १९:२५

लन्डन । नेकपा आधिकारिकताको विषयमा सर्वोच्च अदालतले गरेको फैसलाको प्रवासी नेपाली एकता मञ्च यूकेले आइतबार एक बिज्ञप्ति जारी गर्दै सर्वोच्चको फैसलालाई स्वागत गरेको छ ।

अध्यक्ष भक्त गुरुङ र महासचिव सुरेशजंग शाहले जारी गरेको बिज्ञप्तिमा सर्वोच्चको फैसलाले दलभित्र उत्पन्न विवाद समाधानको बाटो समेत देखाइदिएको ठहर गरिएको छ ।

बिज्ञप्तिमा नेपालको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वैधताको विषयमा सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा नेपालको सर्वोच्च अदालतले उक्त नामलाई बदर गरिदिएको र साविकमा निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेको नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अलग अलग राजनीतिक दलका रुपमा साबिककै अवस्थामा कायम रहने गरी गरिएको फैसलालाई हाम्रो संस्था हार्दिक स्वागत गर्दछ’, वक्तव्यमा भनिएको छ, ‘यसले नेपालको सत्तारुढ दलभित्र उत्पन्न विवादलाई समाधान गर्ने बाटो खोलिदिएको उल्लेख छ ।’

बिज्ञप्तिको पूर्णपाठ

धेरै पढिएको