८ जेष्ठ २०८१, मंगलवार
Follow Us

देउवा निवास बुढानिलकण्ठ पुगे प्रचण्ड

नेपालब्रिटेन संवाददाता
२५ फाल्गुन २०७७, मंगलवार १३:०७

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास पुगेका छन् । स्थायी समिति बैठक सकिएको केही बेरमै प्रचण्ड बुढानिलकण्ठस्थित देउवा निवास पुगेका हुन् । अध्यक्ष प्रचण्डले पार्टी कार्यालय छोड्नुअघि माओवादी केन्द्रले स्थायी समिति बैठकमा नेपाली कांग्रेस, जसपा र एमालेसँग वार्ता गर्ने निर्णय गरेको थियो ।

सरकार गठन, संसद सञ्चालन लगायतका विषयमा वार्ता गर्न अध्यक्ष प्रचण्डलाई बैठकले जिम्मेवारी दिएको थियो । सर्वोच्च अलालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय गरेलगत्तै पनि प्रचण्ड र माधवकुमार नेपालले देउवालाई भेट गरेका थिए ।