४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

कांग्रेस नेता जोशी फेरि भेन्टिलेटरमा

नेपालब्रिटेन डट कम्
२५ फाल्गुन २०७७, मंगलवार २१:३०

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई पुनः भेन्टिलेटरमा राखिएको छ। नर्भिक अस्पतालमा उपचाररत नेता जोशीलाई भेन्टिलेटर सर्पोटमा राखिँदै आएकोमा श्वासप्रश्वास सामान्य बन्दै गएपछि भेन्टिलेटर हटाइएको थियो।

तर, भेन्टिलेटरबाट निकालेको २४ घण्टा पछि पुनः शनिबार बिहान जोशीको स्वास्थ्यमा जटिलता देखिएपछि फेरि भेन्टिलेटरमा राखिएको उपचारमा संलग्न चिकित्सक डा. राजीव झाले जानकारी दिए।

उनकाअनुसार जोशीको पछिल्लो स्वास्थ्य अवस्था भने सामान्य नै भएपनि अहिलेसम्म होस् भने आएको छैन।

जोशीलाई यही फागुन १४ गते राति मस्तिष्काघात भएर वीर अस्पताल लगिएको थियो। पछि चिकित्सकले उनलाई नर्भिक अस्पताल रिफर गरेका थिए।