९ जेष्ठ २०८१, बुधबार
Follow Us

ह्यारी-मेगन अन्तर्वार्ताबारे बोल्यो दरबार

नेपालब्रिटेन संवाददाता
२६ फाल्गुन २०७७, बुधबार ०७:५१

लन्डन । बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्कलले बेलायती राजपरिवारका सदस्यमाथि लगाएको रंगभेदको आरोपलाई गम्भीर रुपमा लिएको दरबारले जनाएको छ । महारानी एलिजाबेथको तर्फबाट जारी गरिएको एउटा वक्तव्यमा दरबारले अन्तर्वार्तामा उठाइएका विभिन्न प्रसङ्गबारे भिन्नभिन्न सम्झना रहेको भए पनि तिनलाई दरबारले आफ्नै तवरले सम्बोधन गर्ने जनाएको छ ।

शीर्ष राजपरिवारका सदस्यहरुको क्राइसिस मिटिङ्गपछि वक्तव्य जारी भएको हो । मेगनले ओप्रासँगको कुराकानीमा शाही परिवारको नाम नखुलाइएका एक सदस्यले उनीहरूको छोरा आर्चीको छाला कत्तिको कालो होला भनेर सोधेको बताएकी थिइन् ।

ती सदस्यले ह्यारीसँग त्यसो भनेको र ह्यारीले उनलाई ती कुरा सुनाएको मेगनले बताएकी थिइन् । दरबारले मेगन र ह्यारी सधैँ ’परिवारका प्यारा सदस्य’ रहने पनि उल्लेख गरेको छ ।