८ जेष्ठ २०८१, मंगलवार
Follow Us

म छोड्नेवाला छैनः दाहाल

नेपालब्रिटेन संवाददाता
२७ फाल्गुन २०७७, बिहीबार १०:५५

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले राजनीतिक लडाइँबाट आफू नभाग्ने बताउनुभएको छ । नयाँ पुस्तालाई नेतृत्व दिन दबाब परे पनि आफूले नछाड्ने दाहालको भनाइ छ ।

‘म छोड्नेवाला छैन,’ माओत्सेतुङले ६७ वर्षमा क्रान्ति गरेको स्मरण गर्दै काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, ‘लड्नेवाला छु । एउटा ब्याटल लडेर जितेँ, अरु दुई चार वटा जित्न बाँकी छ ।’

दाहालले कोर्स करेक्सन गरेर पुनः राजनीतिक लडाइँमा उत्रने बताउँदै साथ र सहयोगका लागि कार्यकर्तालाई अपिल गर्नुभयो ।