८ जेष्ठ २०८१, मंगलवार
Follow Us

४८ जनामा कोरोना पुष्टि, ६१ जना संक्रमणमुक्त

नेपालब्रिटेन संवाददाता
२८ फाल्गुन २०७७, शुक्रबार १२:१९

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ५१२ जनाको पिसिआर परीक्षण गर्दा थप ४८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । यो र्सगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ११८ पुगेको छ ।

आज (शुक्रबार) थप ६१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएर फर्किएका छन् । यो सँगै नेपालमा हालसम्म कारोनामुक्त हुनेको संख्या २ लाख ७१ हजार ११७ पुगेको छ । पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन । नेपालमा हालसम्म ३ हजार १२ जनाको कोरोनाका कारणले मृत्यु भइसकेको छ ।