विश्व बैंकले कोरोना खोप र महामारी नियन्त्रणका लागि ७.५ करोड अमेरिकी डलर ऋण सहयोग गर्ने भएको छ। यो झण्डै ८ अर्ब ७० करोड रुपैयाँ नेपाली हुन आउँछ। विश्व बैंकको बिहीबार बसेको कार्यकारी निर्देशक बोर्डले नेपाललाई उक्त वित्तीय सहायता गर्ने निर्णय गरेको हो।
यो सहयोगबाट नेपालले कम्तिमा एक तिहाई जनसंख्यालाई खोप पर्याउन सक्ने विश्वास विश्व बैंकले लिएको छ। कोरोना खोपको समतामुलक वितरणमा सहयोग पुर्या्उने उदेश्यको उक्त ऋण सहयोग अन्तर्राष्ट्रिय विकास संघ (आइडा) मार्फत नेपालले प्राप्त गर्ने छ।
#News: @WorldBank has just approved $75 million to help one-third of #Nepal’s population get timely and equitable access to #COVID19 vaccines. https://t.co/w0xpa495dr #ResilientRecovery @WBG_IDA pic.twitter.com/dqaoAOzt9D
— World Bank South Asia (@WorldBankSAsia) March 18, 2021
कोरोना महामारीले विशाल चुनौती र अनिश्चितता खडा गरेको मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद-जर्भोसले बताएका छन्।
कम्तिमा ७२ प्रतिशत जनतालाई खोप दिने सरकारको महत्वकांक्षी योजनालाई सघाउन विश्व बैंकले यो सहायता प्रदान गर्न लागेको र नेपाल र विश्व बैंकको बलियो साझेदारीको प्रमाणको रुपमा यो रहेको उनले बताए।
ऋण रकमको ९० प्रतिशत कोभिड १९ को खोप खरीद र कोभ्याक्स सुविधामार्फत प्राथमिकतामा परेका २० प्रतिशत जनसंख्या बाहेक अन्य समूहमा खोप बिस्तार गर्न प्रयोग गरिने छ। बाँकी रकम कोभिड-१९ को परीक्षण, स्वास्थ्य उपकरण र चिकित्सासामग्री खरीदमा खर्च हुने छ।