२६ बैशाख २०८१, बुधबार
Follow Us

निलम्बित नेपालले आफू निकट नेताहरुलाई छलफलमा बोलाए

नेपालब्रिटेन संवाददाता
१७ चैत्र २०७७, मंगलवार ०४:२४

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफू निकट नेताहरुलाई छलफलका लागि बोलाउनुभएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले ६ महिनाका लागि निलम्बन गरेपछि नेता नेपालले आफू कसरी अघि बढ्ने भन्ने विषयमा निकटवर्ती नेताहरुसँग छलफल गर्न लाग्नुभएको हो ।

नेता नेपालले आजै दिउँसो १२ बजे खनाल–नेपाल समूहमा रहेका स्थायी कमिटी सदस्यहरुलाई छलफलका लागि बोलाएको नेता योगेश भट्टराईले जानकारी दिनुभयो । बैठकमा आगामी रणनीतिका विषयमा छलफल हुनेछ । यसअघि हिजो नै समानान्तर कमिटी बनाउँदै तलसम्म पुग्ने योजना बनाइसकेको सो समूहले थप छलफल गर्न लागेको बताइएको छ ।