१६ बैशाख २०८१, आईतवार
Follow Us

१४ जिल्लालाई कोरोना अति प्रभावित सुचीमा

नेपालब्रिटेन संवाददाता
२ बैशाख २०७८, बिहीबार १३:१४

काठमाडौ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न १४ जिल्लालाई कोरोना संक्रमणको अति प्रभावित जिल्लामा राखेको छ । मन्त्रालयले काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङलाई प्रभावित र संक्रमणको जोखिम जिल्लामा राख्दै ती जिल्लाका विद्यालयमा नगइदिन आग्रह गरेको छ ।

यस्तै मन्त्रालयले रात्रि व्यवसाय, ७ बजेपछि सबै रेस्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्रा, सभा, सम्मेलन तथा बैठक नगर्न पनि आग्रह गरेको छ । यस्तै मन्त्रालयले सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्वीमिङ पुल आदि स्थलहरु पनि सञ्चालन नगर्न तथा आम सर्वसाधारणलाई पनि सहभागि नभइदिन अनुरोध गरेको छ ।