१५ बैशाख २०८१, शनिबार
Follow Us

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘नो मास्क, नो इन्ट्री’

नेपालब्रिटेन डट कम्
२ बैशाख २०७८, बिहीबार १६:२७

काठमाडौं । अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलमा मास्कको प्रयोग अनिवार्य गरेको छ । मास्कबिना विमानस्थल परिसरमा प्रवेश निषेध गर्ने भन्दै कार्यालयले सूचना जारी गरेको कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले बताए ।

‘नो मास्क, नो इन्ट्री’ शीर्षकमा जारी गरिएको सूचनामा धेरै भिडभाड नगर्न र सामाजिक दूरी कायम गर्न पनि भनिएको छ ।

अन्तर्राष्ट्रिय यात्राका लागि प्रस्थान गर्ने व्यक्तिले अनिवार्य रुपमा पिसीआर रिपोर्ट देखाउनुपर्ने पनि भनिएको छ । टिकट भएका व्यक्ति बाहेक अन्यलाई गेट बाहिरैबाट गइदिन पनि कार्यालयले अनुरोध गरेको छ ।