१६ बैशाख २०८१, आईतवार
Follow Us

ओलीले बोलाए सर्वदलीय बैठक

नेपालब्रिटेन संवाददाता
३ बैशाख २०७८, शुक्रबार ०८:४६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा सर्वदलीय बैठक बोलाएको छ । संसदको हिउँदे अधिवेशन अन्त्य गर्नुअघि समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न भाेलि सर्वदलीय बैठक बोलाएको हो ।

बैठकमा निम्ता दिन ओली प्रचण्डलाई पनि फोन गरेको छ । ललितपुरको एउटा कार्यक्रममा प्रचण्डले आफूलाई ओलीले धेरैपछि फोन गरेको बताएका थिए । कार्यक्रमबाट बाहिरिएपछि ओली र प्रचण्डको फोनमा नै कुरा भएको छ । फोनमा ओलीले भोली सबै विषयमा छलफल गर्ने भएकाले प्रचण्डलाई आउन आग्रह गरेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार शनिवार विहना ११ बजे प्रधानमन्त्री निवासमा सर्वदलीय बैठक बोलाइएको छ । यसै सन्र्दभमा ओलीले आफूले कुरा गर्नु पर्ने नेताहरुसँग कुरा गरेको थापाले बताए ।