२२ बैशाख २०८१, शनिबार
Follow Us

उपत्यकामा एक महिना लकडाउन गर्न सरकारलाई सीसीएमसीको सुझाव

नेपालब्रिटेन संवाददाता
११ बैशाख २०७८, शनिबार ०५:३७

काठमाडौं । काठमाडौं उपत्यकामा लकडाउन गर्ने तयारी सरकारले गरेको छ। कोरोना महामारी बढ्दै गएको र स्वास्थ्य सुरक्षा सावधानी बारे लापरबाही बढेको भन्दै सरकारले काठमाडौं उपत्यकामा लकडाउन गर्ने तयारी गरेको हो।

आज दिउँसो ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कम्तीमा १ महिना लकडाउन गर्न सुझाव दिने सीसीएमसी सचिवालयले जनाएको छ। सचिवालयका अनुसार काठमाडौं उपत्यका प्रवेश गर्ने नाका १ महिना बन्द गर्ने सुझाव दिन सीसीएमसीले तयारी गरेको छ ।

यातायातका साधन पनि चल्न रोक लगाउनु पर्नेबारे प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गर्ने सीसीएमसीले तयारी गरेको छ ।