२२ बैशाख २०८१, शनिबार
Follow Us

अमेरिकाले हटायो जोनसन एन्ड जोनसनको भ्याक्सिनमाथिको प्रतिबन्ध

नेपालब्रिटेन डट कम्
१२ बैशाख २०७८, आईतवार ०७:१७

लण्डन । अमेरिकाका स्वास्थ्यअधिकारीहरुले जोनसन एन्ड जोनसनको कोरोना भ्याक्सिनमाथिको प्रतिबन्ध फुकुवा गरिदिएका छन्। अमेरिकाको खाद्य एवम् औषधि प्रशासन तथा रोग नियन्त्रण एवम् बचाउ (सीडीसी) केन्द्रले शुक्रबार जोनसन एन्ड जोनसनको एक डोजको भ्याक्सिन महामारीविरुद्ध लड्न अहम् रहेको बताएको हो।

कम्पनीको भ्याक्सिनमा देखिएको समस्याभन्दा यसको फाइदा अधिक भएकाले प्रतिबन्ध हटाइएको अधिकारीहरुको भनाइ छ। स्वास्थ्य एवम् सुरक्षालाई सर्वोपरी मान्दै सो निर्णय गरिएको सीडीसीले बताएको छ।