२१ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रम ओली र रअ प्रमुख गोयलबीच सम्झौता भएको किर्ते पत्र बनाउने पत्रकार तामाङ पक्राउ

नेपालब्रिटेन डट कम्
१२ बैशाख २०७८, आईतवार ०९:०२

काठमाण्डौं । प्रम ओली र रअ प्रमुख गोयलबिच सम्झौता भएको भनेर समाचार छाप्ने अनलाइनका कार्यकारी सम्पादक तामाङ पक्राउ
काठमाडौंः उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कार्यकारी सम्पादक अनिश तामाङलाई नियन्त्रणमा लिएको हो। प्रहरीको टोलीले आइतवार अनामनगर कार्यालयबाट नियन्त्रणमा लिएको परिसरका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए।

‘कीर्ते लगायत अन्य मुद्दामा जिल्ला अदालतबाट नै पक्राउ पूर्जी लिएर नियन्त्रणमा लिएका हौं। अब थप अनुसन्धान हुन्छ,’ परिसरका प्रमुख सिंहले भने।

प्रहरीको टोली तामाङलाई नियन्त्रणमा लिन जाँदा कार्यालयमा कार्यरत अन्य पत्रकारले भने बिरोध गरेका थिए। उक्त अनलाइनले केही समय अघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तर संस्था रअका प्रमुख सामन्तकुमार गोयलबीच ४ बुँदे सम्झौता भएको भन्दै समाचार प्रकाशित गरेको थियो। सम्झौतापत्र समेत राखेको थियो।