लन्डन । बेलायतमा दाङका आगलागी पीडितका लागि ३ हजार ३ सय पाउण्ड अर्थात नेपाली ५ लाख ४० हजार रुपैया एक हप्तामै सहयोग संकलन जुटाएका छन् ।
नेपलिज सेफ एसोसिएसन यूकेका उपाध्यक्ष मोहनलाल ओली र सोही संस्थाका प्रवक्ता राजु बोहोराको संयोजनमा संकलन गरिएको उक्त रकम दाङका आगलागी पीडितहरुलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो।ओली र बोहोरा एनआरएनए यूके इंग्ल्याण्ड राज्य परिषदको कार्यसमिति सदस्य पनि हुन् ।
दाङको बंगलाचुली गाउँपालिका(३ का खोपीराम डाँगी, खेतुलाल डाँगी र वबीराम डाँगी तथा लेखतापा गाउँस्थित एक दलित परिवार र सोही गाउँका एक परिवारको घर जलेर पूर्ण रुपमा नष्ट भएको थियो ।
खोपीराम डांगीलाई एकलाख २५ हजार रुपैयाँ, खेतुलाल डाँगीलाई एक लाख २५ हजार रुपैयाँ, वबीराम डाँगीलाई एक लाख २५ हजार रुपैयाँ, मवीर डाँगीलाई ४० हजार रुपैयां, लेखतापस्थित एक दलित परिवारलाई एक लाख १० हजार रुपैयाँ र लेखतापकै पौडेल परिवारलाई १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको चन्दा संकलन अभियानका एकजना संयोजक मोहनलाल ओलीले जानकारी दिए ।
पीडितहरुको आर्थिक अवस्था आगलागीले कमजोर भएको खबर पाएपछि मलाई ‘सेवा नै धर्म हो’ भन्ने कुराले प्रेरित गरयो र आर्थिक संकलन अभियान थालियो लन्डन नेपाल संग ओलीले भने, ‘म यस अवसरमा सहयोगदाता सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’