लण्डन । नेपाली जनसम्पर्क समिति यूकेका सभापति युवराज गुरुङ कोरोना भाइरसको संक्रमणमा परेका छन् ।
नेपाली जनसम्पर्क समिति वेलायतका प्रवक्ता खुशी लिम्बुका अनुसार गुरुङ गत हप्ता आफ्नो गृह जिल्ला संखुवासभाबाट राजधानी फर्किने क्रममा उनलाई कोरोना संक्रमण भएको आसंका गरिएको छ ।
लिम्बुका अनुसार उनी अहिले आफ्नै निवासमा ‘आइसोलेशन’ मा बसिरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको छ । गुरुङ्ग सहित उनीकी श्रीमतिलाई समेत कोरोना संक्रमण भएको बताएको छ ।
यसैबीच जनसम्पर्क समिति वेलायतका कार्यवाहक सभापति महेश दहालले एक वक्तव्य जारी गर्दै गुरुङ दम्पत्तिको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
गुरुङ्ग विगत केही महिना देखि नेपालमा रहेर पार्टीको काममा सकृय थिए ।