२६ बैशाख २०८१, बुधबार
Follow Us

सबैको कोरोना रिपोर्ट नेगेटिभ आएपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

नेपालब्रिटेन संवाददाता
१५ बैशाख २०७८, बुधबार ०४:५४

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । सयभन्दा बढी केन्द्रीय सदस्यहरूको स्वाब संकलन गरेर परीक्षण गरिएकोमा सबैमा कोरोना नेगेटिभ देखिएपछि आज बैठक बस्न लागेको हो ।

यसअघि सोमबार बस्ने भनिएको केन्द्रीय सदस्यहरूको बैठक कोरोना परीक्षण गर्ने भन्दै स्थगित गरिएको थियो । कुनैपनि केन्द्रीय सदस्यहरूमा कोरोना पोजेटिभ नदेखिएकाले बैठक आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

बैठकमा १४औं महाधिवेशन, समसामयिक राजनीतिक घटनाक्रम, क्रियाशील सदस्यतालगायतका विषयमा छलफल हुने बताइएको छ । यसअघि सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले संख्या पुगेपछि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वास प्रस्ताव ल्याउने निर्णय गरेको थियो।

जसपाले निर्णय नगरेकोले अविश्वास प्रस्तावमा अहिले नै अगाडि बढ्न नसकिएको कांग्रेसको ठहर छ ।