२६ बैशाख २०८१, बुधबार
Follow Us

सांसद हराएपछि प्रदेश सभा बैठक स्थगित

नेपालब्रिटेन संवाददाता
१५ बैशाख २०७८, बुधबार १३:०४

कास्की । गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । जनमोर्चाका सांसद खिमविक्रम शाहीको खोजी गर्न माग गर्दै पियारी थापाले दिएको निवेदनका आधारमा समाभुख नेत्रराज अधिकारीले अनिश्चितकालका लागि बैठक स्थगित गरेको सूचना टाँस गराएका छन् । दुई सांसदको अनुपस्थितिसँगै अविस्वासको प्रस्ताव पारित नहुने भएपछि कांग्रेस र माओवादीको इसारामा सभामुखले बैठक स्थगित गरेको आरोप एमालेले लगाएको छ ।