२७ बैशाख २०८१, बिहीबार
Follow Us

नेपालमा नयाँ संक्रमित ४८९७ जना

नेपालब्रिटेन संवाददाता
१५ बैशाख २०७८, बुधबार १३:०६

काठमाडौं । २४ घन्टामा देशभरबाट ४ हजार ८ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार देशभर १३ हजार ८७९ पिसिआर र ९८८ एन्टिजेन विधिबाट गरिएको नमुना परीक्षणको नतिजामा कुल ४ हजार ८९७ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका ४ हजार ८९७ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या ३ लाख १२ हजार ८२२ पुगेको छ । यीमध्ये ३० हजार २०९ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडौंमा १ हजार ४६४, ललितपुरमा ३५१ र भक्तपुरमा २३२ जना गरी उपत्यकामा २ हजार ४७ जना संक्रमित थपिएका छन् ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ३१७ जना र भेन्टिलेटरमा ९७ जना उपचाररत छन् ।

मंगलबार देशभर ७७३ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका ७७३ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७९ हजार २७९ जना पुगेको छ । निको हुने दर ८९.३ प्रतिशत रहेको छ ।

पछिल्लाे २४ घन्टा अवधिमा १७ जनाकाे संक्रमणबाट मृत्यु भएकाे छ । याेसँगै हालसम्म मृत्यु हुनेकाे संख्या ३ हजार २११ पुगेकाे छ ।