२६ बैशाख २०८१, बुधबार
Follow Us

कोरोना आइसियुमा भर्ना भएका सांसद शाहीको रिपोर्ट ‘नेगेटिभ’

नेपालब्रिटेन संवाददाता
१५ बैशाख २०७८, बुधबार १३:१२

काठमाडौं । गण्डकी प्रदेशको प्रदेशसभाको बुधबार बसेको पहिलो बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि हुने भनिएको छलफलमा अनुपस्थित रहेका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमविक्रम शाही कोरोना अस्पतालको आइसीयूमा फेला परेका छन् । आईसीयूमा भेटिएका शाहीको रिपोर्ट भने नेगेटिभ आएको छ ।

सांसद हराए पछि गण्डकी प्रदेश सरकारविरुद्ध परेको अविश्वास प्रस्तावमाथिको मतदान रोकिएको छ । मतदान गर्ने बेलामा राष्ट्रिय जनमोर्चाका सांसद शाही बेपत्ता भएपछि बैठक नै रोकेर हराएका उनको खोजी भएको थियो । सांसद शाहीका स्वकीय सचिव मिलन हमालले भने सामाजिक सञ्जालमा शाही विरामी भएको स्टाटस लेखेका थिए । हमालले सांसद शाही अस्पतालको आइसीयूमा भर्ना भएको बताएका थिए ।