२६ बैशाख २०८१, बुधबार
Follow Us

काठमाडौं उपत्यकामा कोरोना विरुद्धको खोप स्थगित

नेपालब्रिटेन डट कम्
१६ बैशाख २०७८, बिहीबार ०५:२१

काठमाडौं । कोरोना माहामारीको नियन्त्रणका लागि सरकारले निषेधाज्ञा लगाएसँगै काठमाडौं उपत्यकामा कोरोना विरुद्धको खोप अभियान पनि स्थगित भएको छ ।
दोस्रो चरणको खोप अभियान अन्तर्गत गत चैत २५ देखि आजसम्म भेरोसिल खोप लगाउने समयसिमा रहेपनि तत्काललाई स्थगित गरीएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनस्वाथ्य प्रशासक बद्री बहादुर खड्काले जानकारी दिनुभयो ।

खोप अभियान रोक्नुको कारण भने उल्लेख गरिएको छैन । यद्यपी भिडभाड बढी हुने भएकाले जोखिम न्युनिकरणका लागि केही समय स्थागित गरिएको कार्यालयले जनाएको छ । उपत्यकाका विभिन्न स्थानमा १८ देखि ५९ वर्ष उमेर समुहका व्यक्तिहरुलाई भेरोसिल खोप लगाउने कार्य जारी थियो ।

किष्ट मेडिकलसहित केही अस्पतालका खोप केन्द्रबाट कोभिसिल्डको दोस्रो डोज दिइएको थियो । भेरोसिल खोपको आठ लाख डोज चीनले नेपाल सरकारलाई अनुदानमा उपलब्ध गराएको थियो । हिजोसम्म २ लाख ७२ हजार जनाले खोप लगाएको स्वास्थ्य सेवा विभागले जनाउको छ । कोभिसिल्ड खोपको १० लाख डोज भारतले अनुदानमा दिएपछि गत माघ १४ गतेबाट खोप अभियान शुरु भएको थियो ।

हालसम्म ४ लाख ३८ हजार ८ सय ७९ जनाले कोभिसिल्डको पहिलो डोज गाएका थिए भने हिजोसम्म ३ लाख ६२ हजारले दोस्रो डोज लगाएको विभागले जनाएको छ ।