२३ बैशाख २०८१, आईतवार
Follow Us

एनआरएनएमा ‘एमआईएस’ लोकप्रिय बन्दै, जापानमा १० हजार सदस्य

नेपालब्रिटेन डट कम्
१७ बैशाख २०७८, शुक्रबार १८:५९

लण्डन । गैरआवासीय नेपाली संघले अघि सारेको ‘स्मार्ट एनआरएनए’ अन्तर्रगतको एमआईएस (मेम्बर इन्फरमेसन सिस्टम) प्रभावकारी दिएको छ ।

विश्वभर छरिएका गैरआवासीय नेपाली संघका सदस्यहरुलाई एउटै संजालमा जोड्ने उदेश्यले संघ सुरु गरेको एमआईएसमा करिब ४० देशले प्रयोग ल्याई सकेका छन् ।

एमआईएसमा अन्तराष्ट्रिय मापदण्डको उच्चस्तरिय प्रविधीको प्रयोग गरेर संघले विश्वव्यापी सदस्यता वितरण सुरु गरेको संघका महासचिव डा. हेम राज शर्माले जानकारी दिए ।

यसैबीच गैरआवासीय नेपाली संघ जापानले पहिलो पटक संघको एमआईएस प्रोटल मार्फत सदस्यता वितरण गर्दा निकै प्रभावकारी देखिएको छ । प्राविधीक रुपमा देखिएका समस्याहरुलाई विस्तारै समाधान गर्दै लैजाने तयारी संघले गरेको छ ।

नयां एमआईएसको प्रयोगले एनआरएनए जापानको गत निर्वाचनमा भन्दा तीन सय प्रतिशतले सदस्यता संख्यामा बृद्धि भएको छ । गत निर्वाचनमा करिब तीन हजार साधारण सदस्य रहेको जापानमा अहिले त्यो संख्या बढेर १० हजार भन्दा बढी पुगेको छ ।

एनआरएनए जापानको सदस्यता वितरणको अन्तिम दिन ३० अप्रिस सम्म ९ हजार ६ सय ५७ जनाले सदस्यताको लागि एमआईएस मार्फत आवेदन दिएका छन् । यस्तै ३ हजार ५८ जनाले सदस्यताको आवेदनको प्रकृया पुरा गर्न बाँकी रहेको एनआरएनए जापानले जनाएको छ । आगामी जुलाई महिनामा हुने निर्वाचनको लागि संघले सदस्यहरुको प्रमाणिकरणको प्रकृया अघि बढाएको छ ।

यस्तै बेलायत लगायतका अधिकासं युरोपेली मुलुकमा रहेका गैरआवासीय नेपाली संघ (एनआररएनए) का राष्ट्रिय समितिले सदस्यता वितरणलाई तिब्रता दिएका छन् । एनआरएनए यूकेले अप्रिल महिनाको पहिलो साता देखि सदस्यता वितरण सुरु गरेको छ ।