लण्डन । हवाई मार्गबाट आउने नेपाली सोझै होम क्वारेन्टिनमा बस्न पाउने भएका छन्। नागरिक उड्डयन प्राधिकरणका अनुसार विदेशबाट आउने नेपालीहरु होटल वा होम क्वारेन्टिनमा कम्तिमा १० दिन बस्नुपर्ने छ।
प्राधिकरणका अनुसार क्वारेन्टिनमा बसेरनबसेको निग्रानी स्थानीय निकायले गर्नेछन्। यसैगरि नेपाल आउने विदेशीले १० दिन होटल क्वारेन्टिन का लागि ‘प्रि बुक’ गरेको हुनुपर्ने पनि प्राधिकरणले जनाएको छ।
