२३ बैशाख २०८१, आईतवार
Follow Us

पूर्वसेनापति कटवाललाई कोरोना संक्रमण, अक्सिजन दिन थालियो

नेपालब्रिटेन डट कम्
१७ बैशाख २०७८, शुक्रबार २३:५८

काठमाडौं। पूर्वसेनापति रुक्मांगत कटवाल कोरोना संक्रमित भएका छन्। उनको नेपाली सेनाको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्भव पौडेलले जानकारी दिए। उनका अनुसार वैशाख १ गते कोरोना संक्रमित भएको पुष्टि भएपछि कटुवाललाई अस्पतालमा भर्ना गरिएको थियो।

हाल कटुवालको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता पौडेलले बताए। उनका स्वास्थ्य अवस्था सामान्य रहे पनि कटवाललाई अक्सिजन भने दिइएको छ। दोस्रो पटक पनि कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनलाई अस्पतालले डिस्चार्ज नगरेको जनाइएको छ।