२९ बैशाख २०८१, शनिबार
Follow Us

विदेशबाट आउने आइसुलेसनमा बस्न नमाने निष्काशन

नेपालब्रिटेन संवाददाता
१८ बैशाख २०७८, शनिबार ०३:५९

काठमाडौं । चाटर्ड र उद्धार उडानबाहेक सबै आन्तरिक उडानहरू बन्द हुने भएका छन् । हिजो शुक्रवार सिंहदरबारमा बसेको कोभिड(१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले बढ्दो कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि चाटर्ड उडान र उद्धार उडानबाहेकका सबै आन्तरिक उडानहरू रोक्न मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय गरेको हो ।

त्यसैगरी विदेशबाट आउने नागरिकहरूलाई अनिवार्य होटेलमा आइसोलेसनमा बस्ने र नमाने निष्कासन गर्नेसम्मका निर्णय भएको सहभागी एक अधिकारीले जनाएका छन् । बैठकले स्वास्थ्यका कर्मचारी एक वर्षका लागि करारमा नियुक्त गर्ने विषयमा पनि निर्णय गरेको छ ।

त्यसैगरी शव जलाउन लाग्ने खर्च सरकारले नै व्यहोर्ने विषयमा पनि बैठकमा छलफल भएको सहभागी ती अधिकारीको भनाइ छ ।