३० बैशाख २०८१, आईतवार
Follow Us

उपत्यकामा एक हजार बेड थप्ने सरकारको निर्णय

नेपालब्रिटेन संवाददाता
१९ बैशाख २०७८, आईतवार ०५:३५

काठमाडौं। सरकारले कोभिड १९ को संक्रमण जटिल बन्दै गए पनि आतंकित हुने अवस्था भने नरहेको स्पष्ट पारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना सम्वन्धी परिक्षण र उपचारको सम्पूर्ण जिम्मा सरकारले लिने स्पष्ट पार्नुभएको छ । मन्त्रालयमा आज आकस्मिक बैठकपछि मन्त्री त्रिपाठीले उपत्यकामा भोलि आइतबार १ हजार शैय्या थप गरिने जानकारी दिनुभयो ।

सरकारले नागरिकको जीवनलाई सधैँ पहिलो प्राथमिकतामा राख्दै आएको उल्लेख गर्नु हुँदै मन्त्री त्रिपाठीले संसारमा उपलब्ध सबैखाले रोकथाम र उपचारका विधि अवलम्बन गरिने पनि वताउनुभयो ।

एकसाता भित्र काठमाडौं उपत्यकामा ७ हजार शैय्या थप गर्ने गृहकार्य भइरहेको पनि मन्त्री त्रिपाठीले जानकारी दिनु भयो । निषेधाज्ञाका कारण कतिपय स्थानमा जनजीवन कष्टकर भएको प्रति सरकार गम्भीर रहेको बताउनुहुँदै मन्त्री त्रिपाठीले जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैमा अपील गर्नु भएको छ ।