५ जेष्ठ २०८१, शनिबार
Follow Us

अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने मन्त्रिपरिषद्को निर्णय

नेपालब्रिटेन डट कम्
२१ बैशाख २०७८, मंगलवार ०६:३६

काठमाडौँ । सरकारले अस्ट्रेलियाका लागि नेपाली राजदुत महेश दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार (बैशाख १९ गते) को बैठकले राजदूत दाहाललाई फिर्ता बोलाउने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिए ।

दाहाललाई एमाले र माओवादी मिलेर बनेको तत्कालीन पार्टी नेकपाले सन् २०१९ मा राजदूत बनाएको थियो । दाहाललाई सन् २०१९ को नोभेम्बरमा राजदूतमा नियुक्त भएका थिए ।

नेपालका लागि अस्ट्रेलियाकी राजदूत लक्की शेर्पालाई फिर्ता बोलाएर तत्कालीन नेकपाका कार्यकारी अध्यक्ष तथा हाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सिफारिसमा दाहाललाई राजदूत बनाइएको थियो ।

सर्वोच्च अदालतले नेकपालाई एमाले र माओवादी पार्टी बनाइदिएपछि एमाले नेतृत्वको केपी ओली सरकारले माओवादी कोटाका राजदूत दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

आइतबारकै मन्त्रीपरिषद् बैठकले चार वर्षे पदावधि सकिएका जापानका लागि राजदूत प्रतिभा राणा र ओमानका लागि शर्मिला पराजुलीलाई अर्को व्यवस्था नभएसम्म आ–आफ्नो जिम्मेवारी सम्हाल्ने जिम्मा दिएको छ ।