२७ बैशाख २०८१, बिहीबार
Follow Us

विष्णुबहादुर गुरुङ बने लण्डन हन्सलोमा मेयर

नेपालब्रिटेन डट कम्
२२ बैशाख २०७८, बुधबार १४:४०

लन्डन । बेलायतमा एक जना गैरआवासीय नेपाली मेयरमा निर्वाचित भएका छन् ।
हन्सलो बरो काउन्सिलमा भूपुगोर्खा विष्णुबहादुर गुरुङ मेयर निर्वाचित भएका हुन् । उनी यसअघि बेलायतको प्रमुख प्रतिपक्ष दल लेबर पार्टीबाट काउन्सिलर पदमा निर्वाचित भएका थिए ।

गुरुङ मंगलवार सम्पन्न हन्सलो बरोको साधारणसभाबाट मेयर निर्वाचित भएका हुन् । उनी सन् २०१४ र १५ मा सोही बरोमा उपमेयर बनेका थिए ।

बेलायतको स्थानिय निर्वाचनमा आदी दर्जन भन्दा बढी नेपालीहरु बिभिन्न वार्डबाट निर्वाचनमा होमिएका छन् ।

यस अघि बेलायतको स्वान्लीमा शंकर गैरे र कोलबर्न टाउनमा जगन्नाथ शर्मा मेयर निर्वाचित भएका थिए ।