२६ मंसिर २०८२, शुक्रबार
Follow Us

कांग्रेस बागलुङ–१ बाट १७ जनाको नाम सिफारिस

नेपालब्रिटेन संवाददाता
२६ मंसिर २०८२, शुक्रबार ०६:१५

बागलुङ । गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले बागलुङ क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस गरेको छ । समानुपातिकतर्फ सात जना र राष्ट्रिय सभाका लागि दुई जनाको नाम सिफासि भएको हो ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्देशन अनुसार बागलुङ क्षेत्र नं. १ क्षेत्रीय कार्यसमितिको बिहीबार सम्पन्न बैठकले उमेदवार सिफारिस गरेको क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा पौडेलले जानकारी दिए ।

क्षेत्रीय कार्यसमितिले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ किरणराज शर्मा पौडेल, जगन्नाथ आचार्य, दलबहादुर श्रीस राना, प्रकाश शर्मा पौडेल, भीम श्रीस, मणिभद्र शर्मा कंडेल, सागर परियार, सुजन सापकोटा, सितादेवी सापकोटा कंडेल र हरिप्रसाद आचार्यलाई सिफारिस गरेको छ ।

यस्तै प्रतिनिधिसभा समानुपातिकतर्फ पदमबहादुर पुन, पार्वती आचार्य, डा.रामबहादुर केसी, रत्ना शेरचन, शकुन्तला शर्मा, शेरबहादुर विश्वकर्मा र हरिप्रसाद श्रेष्ठलाई सिफारिस गरिएको छ ।

कांग्रेसले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यका लागि इन्द्रराज पौडेल र विष्णु पौडेल (दारी) लाई सिफारिस गरिएको क्षेत्रीय सभापति पौडेलले जानकारी दिए । क्षेत्रीय कार्यसमितिले जिल्ला कार्यसमितिमा सिफारिस गरेको छ, जिल्लाले क्षेत्रीय समितिको सिफारिस अनुसार नै केन्द्रमा पठाउँछ, पौडेलले बताए ।

धेरै पढिएको