काठमाडौं। वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले हाल पनि वैदेशिक रोजगारका लागि दिनमा दुईदेखि तीन सयको हाराहारीमा श्रमिक विदेश उड्ने गरेको बताएका छन्। उनका अनुसार टिकट, भिसालगायत सबै तयार भइसकेका श्रमिकहरु बिहीबारसम्म विदेश उड्न पाउने छन्।
सरकारले बैशाख २३ गतेदेखि लागू हुने गरी अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेपछि भिसा लागिसकेका धेरै श्रमिक पनि विदेश जान रोकिने भएका छन्।महानिर्देशक दवाडीका अनुसार हालसम्म विभागबाट अनलाइनमार्फत कामहरु भइराखेको छ। र, अब अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै वैदेशिक रोजगार पनि रोकिने उनले बताए।