३० बैशाख २०८१, आईतवार
Follow Us

प्रवासी नेपाली एकता मञ्च यूरोपले ५० लाख रुपैयाँको ‘कोभिड–१९ कोष’ स्थापना गर्ने

नेपालब्रिटेन डट कम्
२३ बैशाख २०७८, बिहीबार २२:१४

लण्डन । प्रवासी नेपाली एकता मञ्च यूरोपले ५० लाख रुपैयाँको कोभिड–१९ फण्ड खडा गर्ने निर्णय गरेको छ ।

प्रवासी नेपाली एकता मञ्च यूरोपको विहिवार सम्पन्न बृहत भेलाले नेपालमा कोभिड महामारी बिरुद्ध लड्न ५० लाख रुपैयाँको ‘कोभिड–१९’ च्यालेञ्ज फण्डू खडा गर्ने घोषणा गरेको प्रवासी नेपाली एकता मञ्च बेलायतका अध्यक्ष भक्त गुरुङले जानाकारी दिए ।

कोभिड च्यालेण्ड फण्डबाट नेपालमा अक्सीजन कन्सेन्ट्रटर मेसिन खरिद गर्ने, कोभिड महामारीमा आफ्नो जीवनलाई जोखिममा राखी अनवरत सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरुको सम्मानमा फलफुल तथा खाना वितरण गर्ने र कोभीड–१९ सम्बन्धी जनचेतना अभिबृद्धिमा लगानी गर्ने घोषणा गरेको हो ।

भेलामा बेलायतस्थित हडस्फिल्ड युनिभर्सिटीका प्रोफेसर डा पदम सिंखडाले नेपालमा कोभिड महामारीको भयावह अवस्था र ‘कोभिड–१९’ विरुद्धको लडाईमा विश्वको अनुभव विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङको संयोजनमा सम्पन्न भएको भेलामा यूरोपका विभिन्न देशका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव तथा अगुवा नेताहरुको उपस्थिती रहेको थियो ।

भेलामा फिनल्यण्डका अध्यक्ष कोमल पौडेल, स्वीडेनका अध्यक्ष चिरञ्जिवी खरेल, नर्वेका अध्यक्ष विश्वास बजगाई, डेनमार्कका अध्यक्ष शिव चापागाई, जर्मनीका सचिव सनतकुमार गौतम, जर्मनीका सचिवालय सदस्यहरु युवराज अधिकारी, गोविन्दराज पाण्डे, रुद्र केसी र राजेशलाल श्रेष्ठस बेल्जियमका अध्यक्ष बोधराज पौडेल, सचिव बुद्धि बराल, फ्रान्सका अध्यक्ष भक्तबहादुर वाग्ले क्षेत्री, स्पेनका अध्यक्ष हेम शेर्पा, स्पेनका पुर्व अध्यक्ष तथा एनआरएन यूरोपका डिआरसी मुक्त गुरुङ, पोर्चुगलका अध्यक्ष मदन लिम्बु, साईप्रसका अध्यक्ष लोकराज रोक्कामगर, चेक रिपब्लिकका अध्यक्ष उत्तम आचार्य, यूकेका उपाध्यक्ष सुरेन्द्र थपलिया, महासचिव सुरेशजंग शाह, पब्लिक हेल्थ विभागका प्रमुख राजु न्यौपानेले आ–आफ्नो मन्तव्य तथा सुझावहरु प्रस्तुत गरेका थिए।