२८ बैशाख २०८१, शुक्रबार
Follow Us

कोरोनाले ब्रिटिस र सिंगापुर भर्ती प्रभावित, कोटा घटाईयो

नेपालब्रिटेन डट कम्
२५ बैशाख २०७८, शनिबार २३:०५

लण्डन। कोरोना संक्रमणको दोस्रो लहर फैलिएपछि ब्रिटिस सेना र सिंगापुर प्रहरीको भर्ती दर्ता मिति तीन हप्ता पछाडि सरेको छ ।

‘देशभरि फैलि“दै गइरहेको कोभिड–१९ को महामारीको संक्रमण रोकथामका लागि नेपाल सरकारले जारी गरेको आदेशलाई पालना गर्दै ब्रिटिस आर्मी तथा सिंगापुर पुलिसको भर्ती दर्ता हुने मिति तीन हप्ताले पछाडि सारिएको जानकारी दिन चाहन्छौं,’ ब्रिटिस आर्मी मुख्यालयले आफ्नो वेबसाइट आर्मी डट एमओडी डट यूकेमा भनेको छ, ‘मिति बदली भएको नयाँ कल फर्वर्ड लिस्ट तुरुन्त वेबसाइटमा राख्नेछौं । हामीले अवस्थाको निरन्तर समीक्षा गरिरहने छौं अनि कुनै फेरबदल गर्न परेमा तथा आएमा तुरुन्तै खबर गर्नेछौं ।’

रिक्रुट इन्टक–२०२२ का निम्ति उक्त जानकारी गराएको हो । अघिल्लो सूचनामा जेठ १० गतेदेखि साउन १४ गतेभित्र रजिस्ट्रेसनको समय तोकेको थियो । ‘कृपया नेपाल सरकारले जारी गरेको आदेश पालना गर्नुहोस्,’ रिक्रुटमेन्ट हेर्ने डेपुटी रेक्रुटिङ अफिसर ज्याकमेलले भिडियो सन्देशमा भनेका छन्, ‘डिसेम्बरबाट सेन्ट्रल सेलेक्सन सुरु हुन्छ । सुरक्षित रहन सावधानी अपनाउनुहोस् । समूहमा नभई सकेसम्म एक्लै तालिम गर्नुहोस् । सधैं मास्क लगाउनुहोस् ।

२ मिटरको सामाजिक दूरी सधैं कायम राख्नुहोस् । साबुन पानीले सधैं हात धुनुहोस् । सधैं स्वस्थ अनि सुरक्षित रहनु होस् ।’ भर्ती प्रक्रिया निःशुल्क, निष्पक्ष र पारदर्शी हुने भएकाले कुनै व्यक्तिको पछाडि नलाग्न सुझाएका छन् ।

महामारीकै कारण बेलायत सरकारले आगामी वर्षका निम्ति भर्ती नीति कडाइ गरेको छ । यसअघि पूर्वमा धरान र पश्चिम पोखरामा रजिस्ट्रेसन र क्षेत्रीय छनोट गथ्र्यो भने यो पटक रजिस्ट्रेसन ९नाम लेखाउने०, क्षेत्रीय र केन्द्रीय छनोट पोखरामा गर्ने भएको छ ।

आउंदो वर्षका निम्ति कोटा घटाएर ब्रिटिसतर्फ २ सय ३० जना र सिंगापुरका निम्ति १ सय ४० जना छनोट गर्नेछ । ब्रिटिसतर्फ विगतको तुलनामा १ सय १० जनाको कोटा घटाएको छ । रजिस्ट्रेसन खुला गरिए पनि क्षेत्रीय र अन्तिम छनोटका निम्ति ब्रिटिसतर्फ ३ हजार र सिंगापुरका निम्ति २ हजार जना मात्र बोलाउने भनिएको छ ।