२८ बैशाख २०८१, शुक्रबार
Follow Us

महन्थ र राजेन्द्र महतो देउवा निवासमा

नेपालब्रिटेन डट कम्
२६ बैशाख २०७८, आईतवार ०४:४४

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर र शीर्ष नेता राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका छन् । ठाकुर र महतो देउवा निवास पुगिसकेको जसपाका एक नेताले जानकारी दिए । सत्ता समिकरणको लागि देउवा पछिल्लो समय कांग्रेस र जसपाका नेताहरुसँग छलफलमा छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि विश्वासको मत लिँदैछन् । त्यसको अघिल्लो दिन आज दलका नेताहरुको सक्रियता बढेको छ । कांग्रेसले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । माओवादी केन्द्र र जसपाको साथ लिएर देउवाले बरु आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने बताईसकेका छन् ।

जसपामा अर्का अध्यक्ष उपेन्द्र यादवले भने देउवालाई साथ दिने भएका छन् । तर, ठाकुर र महतो प्रधानमन्त्री ओलीसँग सहकार्य गरेर जाने पक्षमा थिए । पछिल्लो समय भने जसपामा यादव पक्षमा बहुमत सांसद लागेकाले ठाकुर दबाबमा छन् ।