१६ असार २०८३, मंगलवार
Follow Us

माधव नेपाल समूहको बैठक बस्दै

नेपालब्रिटेन डट कम्
२६ बैशाख २०७८, आईतवार ०४:४८

काठमाडौं। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले एकताको पहल नगरेको निष्कर्ष निकाल्दै माधव नेपाल समूहका सांसदहरुले राजीनामा दिने तयारी गरेका छन्।

माधव नेपाल समूहका प्रत्यक्ष र समानुपातिक गरी करिव ३० जनाले राजीनामा दिने तयारी गरेका हुन्। शनिबार दिउँसो ललितपुरमा बसेको माधव नेपाल निकट सांसदहरुको भेलामा प्रत्यक्षतर्फका १९ जनाले हस्तक्षर गरेका थिए।

आज दिउँसो तीन बजे सिंहदरबारमा बस्ने नेपाल समूहको बैठकमा अन्य प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदले पनि हस्ताक्षर गरेर भोलि (सोमबार) १ बजे संसद अधिवेशन सुरु हुनु अगाडि नै राजीनामा बुझाउने तयारी भएको माधव नेपाल निटक स्रोतले जनाएको छ।

धेरै पढिएको