१५ बैशाख २०८१, शनिबार
Follow Us

सदस्यहरुको व्यक्तिगत विवरण सुरक्षित रहन्छ: एनआरएनए

नेपालब्रिटेन डट कम्
२६ बैशाख २०७८, आईतवार १९:४९

लण्डन । गैरआवासीय नेपाली संघले सदस्यहरुको व्यक्तिगत विवरणको सुरक्षा गरिने जनाएको छ । संघले सदस्यहरुको व्यक्तिगत विवरण बारे आइतवार एक विस्तृत जानकारी सार्वजनिक गर्दै राष्ट्रिय समन्वय परिषद् मार्फत आवेदन दिने सदस्यहरु नेपालमा दर्ता भएको गैरआवासीय नेपाली संघका सदस्य भएको प्रष्ट पारेको छ। सदस्यता जारी गर्न राष्ट्रिय समन्वय परिषद्लाई अक्तियारी दिइएको संघले जनाएको हो ।

प्रविधि उपलब्ध नहुँदा राष्ट्रिय समन्वय परिषद्हरुले सदस्यहरुले पेश गरेको कागजाद हेरी सदस्यताको प्रमाणिकरण गरेपछि सदस्यहरुको विवरण (नाम, जन्म मिति, ठेगाना, ईमेल, र फोन नम्बर) संघको सचिवालयलाई पठाउने व्यवस्थालाई खारेज गर्दै सदस्यहरुको कागजातको सुरक्षा गर्नु संघको दायित्व भएकोले कागजी फराम नभराइ एमआइएस अनिवार्य प्रयोग गर्नु पर्ने निति बनाइएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

नेपालमा वा आफु बसेको मुलुक भन्दा बाहिर लगानी गर्न वा अन्तर्राष्ट्रिय स्तरका पेशागत वा सामाजिक संस्थाको सदस्य बन्नका लागि आफु खुसी आफ्नो कागजात पेश गर्न स्थानिय कानूनले नछेक्ने बताएको छ ।


एनआरएनएले सार्वजनिक गरेको व्यक्तिगत विवरण सम्बन्धी बिस्तृत जानकारी