२७ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए फाउन्डेसनले एक करोडको राहत दिने

नेपालब्रिटेन डट कम्
४ जेष्ठ २०७८, मंगलवार १९:१७

लन्डन। ‘एनआरएनए फाउण्डेसन’ ले एक करोड रुपैया बरावरको राहत सामग्री दिने घोषणा गरेको छ।

एनआरएन फाउन्डेसनको मंगलवार बसेको पहिलो बैठकले कोरोना महामारीबाट आक्रान्त क्षेत्रमा आपतकालिन सहयोगका स्वरुप एक करोड रुपैया बरावरको राहत सामग्री योगदान गर्ने निर्णय गरेको फाउण्डेसनका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए ।

गैरआवासीय नेपाली संघ (एनआरएनए )ले परोपकारी गतिविधि सञ्चालन गर्न गत महिना ‘एनआरएनए फाउण्डेसन स्थापना’ गरेको थियो ।

फाउन्डेसनमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, संयुक्त राष्ट्र संघका पूर्व उपमहासचिव कुलचन्द्र गौतम, नेपाल सरकारका पूर्व मुख्य सचिव लीलामणी पौडेल, संघका संरक्षक रामप्रताप थापा, म्यानमारका लागि नेपाली राजदूत भीम उदास, कलाकार मनीषा कोइराला, डा एकनाथ खतिवडा र पुरु श्रेष्ठ रहेका छन्।