Refresh

This website nepalbritain.com/archives/1931 is currently offline. Cloudflare\'s Always Online™ shows a snapshot of this web page from the Internet Archive\'s Wayback Machine. To check for the live version, click Refresh.

 

 

 


२९ बैशाख २०८३, मंगलवार
Follow Us

आज सात सदस्यीय मन्त्रिमण्डल बन्ने

नेपालब्रिटेन डट कम्
२० श्रावण २०७३, बिहीबार ०६:०४

काठमाडौं । आज सानो आकारको मन्त्रिमंडल गठन हुने भएको छ । कांग्रेस र माओवादीबीचको सहमति अनुसार आज ७ सदस्यीय मन्त्रिमंडल बनाउने तयारी छ । यो तयारी पहिले नै तय भए पनि कुन मन्त्रालय को–कसले लिने विषयमा भने प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांगे्रस शेरबहादुर देउवाबीच बिहान साढे १० देखि लाजिमपार्टमा छलफल भएको थियो ।

माओवादी छलफलमा
सरकार पठाउने मन्त्रीहरुको नाम छान्न नेकपा माओवादी केन्द्रको बैठक बस्दैछ । बिहान बस्ने बैठकमा पहिलो चरणमा पठाउने मन्त्रीहको नाम तय गरिनेछ । माओवादी केन्द्रले आफ्नो पार्टीबाट बढीमा चारजनाको नाम छनोट गर्ने भएको छ । पहिलो चरणमा माओवादीबाट मन्त्री हुनेमा कृष्णबहादुर महरा, जनार्दन शर्मा, राम कार्की, हितराज पाण्डे, प्रभु साहलगायतको नाम चर्चामा छ । महरालाई उप प्रधान तथा अर्थमन्त्रालयको जिम्मेवारी दिने तयारी छ । सत्ताको नेतृत्व गरेको माओवादीले ९ मन्त्रालय पाउनेछ । कांग्रेस र माओवादीको भागबन्डाका परेका बाहेक ६ मन्त्रालयमा राप्रपा र अन्य साना दलका लागि छुट्याइएको छ ।

कांग्रेसमा नाम छान्न सकस
नेपाली कांग्रेसले पनि पार्टीका तर्फबाट विमलेन्द्र निधिको नेतृत्वमा तीन सदस्यय पठाउने तयारी गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो चरणमा निधीको नेतृत्वसहित तीनजनालाई सरकारमा पठाउन लागेको आफू निकट नेतालाई जानकारी गराइसक्नु भएको छ । पहिलो चरणमा कांग्रेसबाट अर्जुननरसिंह केसी, डा शेखर कोइराला, रमेश लेखक मध्येबाट मन्त्री बन्ने सम्भावना छ । निधिलाई उपप्रधानमन्त्री बनाएर नेतृत्वमा पठाइने भएपछि केसीले आफूले गृह मन्त्रालय पाउनु पर्ने दाबी गर्नुभएको छ । देउवाले निधिलाई गृहसहित नेतृत्वमा पठाउने तयारीमा गर्नुभएको छ । केसीलाई स्थानीय विकास र कोइरालालाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको स्रोतको दावी छ । मीनबहादुर विश्वकर्मालाई शिक्षा दिने तयारी छ ।

पौडेल समूहको बेग्लै भेला
मन्त्रीछनौट र भागबण्डामा असहमति जनाइरहेको रामचन्द्र पौडेल समुहको भने छुट्टै बैठक बस्दैछ । बिहान काठमाण्डुको अनामनरमा बस्न लागेको बैठकमा आफ्नो समुहबाट बन्ने मन्त्रीको नामावली, ४० प्रतिशतको भागबण्डामा छलफल हुनेछ । नेपाली कांग्रेसले १३ मन्त्रालय पाउने यसअघि नै सहमति भइसकेको छ ।

यस्तो छ मन्त्रालयको भागवण्डा
नयाँ मन्त्रिमण्डलका लागि गृह कांग्रेस र अर्थ माओवादीको भागमा परेको छ । कांग्रेसको पक्षमा गृहसहित रक्षा, परराष्ट्र, भौतिक योजना, पर्यटन मन्त्रालय पर्ने निश्चित भएपनि उसले यी बाहेक स्थानीय विकास, शिक्षा, कानुन र सामान्य प्रशासन मन्त्रालयमा पनि दाबी गरिरहेको छ । माओवादीले अर्थसहित सञ्चार, ऊर्जा, शान्ति तथा पुनःनिर्माण, कृषि मन्त्रालय पाउने पक्कापक्की भएपनि उसले पनि स्थानीय विकास, सामान्य, कानुन र शिक्षामा पनि आफ्नो दाबी गरिरहेको छ ।

धेरै पढिएको