१८ बैशाख २०८१, मंगलवार
Follow Us

नेपालब्रिटेन डट कम्
२६ पुष २०७३, मंगलवार ०७:२९

काठमाडौं । थाइल्याण्डको बैंककस्थित नेपाली राजदूतावास र फुकेतस्थित अवैतनिक नेपाली कन्सुलेटले गत पुस २१ गते संयुक्तरुपमा नेपालको पर्यटन प्रवद्र्धन कार्यक्रमको आयोजना गरेका छन् । कार्यक्रम समन्वय गर्न फुकेतस्थित गैरआवासीय नेपाली सङ्घ र थाई नेपाली सङ्घले पनि सहयोग गरेका थिए ।
कार्यक्रममा करिब एकसय ट्र्रभल एजेन्ट अपरेटर, पत्रकार तथा नेपाली सङ्घका प्रतिनिधि सहभागी थिए । कार्यक्रममा फुकेतका सरकारी अधिकारी, उपगभर्नर सनित स्रिविहोक, जनसम्पर्क विभागका प्रमुख र फुकेत पर्यटन बोर्डका अध्यक्षलगायतको उपस्थिति थियो ।
सो अवसरमा फुकेतका लागि नेपाली महावाणिज्यदूत प्रानी सकुलपिपातना तथा राजदूत खगनाथ अधिकारीले नेपालका पर्यटन आवश्यकताबारे जानकारी दिनुभएको थियो । कार्यक्रममा काउन्सिलर जङ्गबहादुर गुरुङले नेपालका प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटकको सम्भावनाबारे बोेल्नुभएको थियो भने प्रमुख सचिव रमेशकुमार चर्मकारले नेपालमा ट्र्रेकिङबारे प्रस्तुति गर्नुभएको थियो ।
सो अवसरमा उप गभर्नर सनित स्रिविहोक र गैरआवासीय नेपाली संघका प्रेम दनाइले पनि सम्बोधन गर्नुभएको थियो । सोही दिन राजदूत अधिकारीले फुकेतका गभर्नरसंग भेट गरी आपसी चासोका विषयमा छलफल गर्नु भएको थियो ।