१८ बैशाख २०८१, मंगलवार
Follow Us

नेपाली सेनाका सहायक रथी दिनेश केसीको निधन

नेपालब्रिटेन संवाददाता
१३ जेष्ठ २०७८, बिहीबार ०६:०९

काठमाडौँ । नेपाली सेनाका सहायक रथी दिनेश केसीको कोरोना संक्रमणका कारण निधन भएको छ । कोरोना सङ्क्रमण भई एक साता अघिदेखि सैनिक अस्पताल छाउनीमा उपचाररत केसीको बिहीबार बिहान निधन भएको नेपाली सेनाले जनाएको छ ।

केसी १३ नं बाहिनी जावलाखेलका बाहिनीपति थिए ।

केसीको निधनबारे नेपाली सेनाका पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै दुःख व्यक्त गरेका छन् । क्षेत्रीले केसीको निधनबाट नेपाली सेनाले एउटा अमूल्य सदस्य गुमाएको उल्लेख गरेका छन् ।