२४ बैशाख २०८१, सोमबार
Follow Us

नेपाल पत्रकार महासंघ यूकेको उम्मेदवारी दर्ता आज

नेपालब्रिटेन डट कम्
१५ जेष्ठ २०७८, शनिबार ०६:५३

लण्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको आगामी १३ जुनमा हुने निर्वाचनको लागि आज उम्मेदवारी दर्ता हुदैंछ ।

नेपाल पत्रकार महासंघ यूकेको निर्वाचन समितिको पूर्वनिर्धारित तालिका अनुसार आज दिउसो १२ बजे देखी मनोनय दर्ता सुरु हुने निर्वाचन समितिले जनाएको छ । इमेल मार्फत हुने मनोनय दर्ता भोलि सांझ ५ बजे सम्म जारी रहने छ ।
यसअघि गत विहीवार हुने भनिएको मनोनय दर्ता केन्द्रीय प्रतिनिधी भगिरथ योगीको आग्रहमा शनिवार सम्मको लागि सारिएको थियो ।

नेपाल पत्रकार महासंघ यूके शाखाको नेतृत्वका लागि ध्रुवराज अर्याल, दिनेश परियार, बिमला सेने र श्याम लुईटेलको नाम चर्चामा छ ।

शाखाको नयां कार्यसमितिको लागि अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव (२), कोषाध्यक्ष, सहकोषाध्यक्ष सहित १५ जनाको कार्यसमितिको लागि निर्वाचन हुने बताएको छ ।

यसअघि शाखाको बैठकले रमेश सराङकोटीको संयोजकत्वमा पूर्वअध्यक्षहरु चिरन शर्मा, नविन पोखरेल, पत्रकारहरु संगिता मरहट्टा, केशव भण्डारी रहेको निर्वाचन समिति गठन गरेको थियो ।

शाखाको पांचौे अधिवेसन सम्पन्न गर्न नेपाल पत्रकार महासंघले बरिष्ठ पत्रकार भगिरथ योगीलाई केन्द्रीय प्रतिनिधीको रुपमा खटाएको छ । शाखाको निर्वाचन पोष्टल र प्रत्यक्ष रुपमा गर्ने तयारी निर्वाचन समितिले गरेको छ ।
शाखामा ४३ जना सदस्यहरु रहेका छन् ।