२४ बैशाख २०८१, सोमबार
Follow Us

बेलायती महारानीलाई खोप उपलब्ध गराउन राष्ट्रपति भण्डारीको अनुरोध

नेपालब्रिटेन डट कम्
१७ जेष्ठ २०७८, सोमबार ०७:४६

लण्डन । नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यकी महारानी एलिजावेथ द्वितीयलाई बेलायतबाट नेपाललाई कोभिड १९ विरुद्धको खोप सहायता उपलब्ध गराउन अनुरोध गरेकी छन्।

राष्ट्रपति भण्डारीले रानीलाई अनुरोधसहित लेखेको पत्र संयुक्त अधिराज्यको विदेश मन्त्रालयमार्फत् ३० मेमा प्रेषित गरिएको नेपाली राजदूतावासले आइतबार जनाएको छ ।

बेलायतले गत साता नेपाल सरकारको अनुरोध बमोजिम २६० वटा भेन्टिलेटर, भेन्टिलेटरका लागि आवश्यक अन्य सामग्री तथा १९ हजार २०० फेस सिल्ड सहयोगस्वरुप नेपाल सरकारलाई उपलब्ध गराएको थियो ।