२४ बैशाख २०८१, सोमबार
Follow Us

एकताका लागि अन्तिमसम्म प्रयत्न जारी राख्ने ओली पक्षको निर्णय

नेपालब्रिटेन संवाददाता
१८ जेष्ठ २०७८, मंगलवार ०९:१६

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले अन्तिमसम्म पार्टी एकताको प्रयासलाई जारी राख्ने निर्णय गरेको छ । माधव नेपाल पक्षले ‘अन्तरघात’ गरेको निष्कर्षमा पुगेको एमाले संस्थापन पक्षले पार्टी एकताका लागि स्पष्टीकरण सोधिएका १२ जना नेतालाई कारवाही समेत रोकेको छ ।

मंगलबार बसेको बैठकले एकताका निम्ति अन्तिमसम्म प्रयत्न जारी राख्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकले पार्टीकै नेता, सांसदहरुले गरेका अन्तरघातबारे छलफल गरेको छ ।

बागमती र लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा एमालेका माधव नेपाल गुटका जनप्रतिनिधिहरुले संस्थापन पक्षले उठाएका उम्मेदवारलाई पराजित गरेका थिए ।

बैठकमा पार्टीमा अन्तरघात भएका विषयमा छलफल भएको पार्टी प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकमा यसअघि स्पष्टीकरण सोधिएका १२ नेताहरुबारे छलफल नभएको उनले बताए ।